‘हामी शरणार्थी’ प्रदर्शन हुने

काठमाडौं, ७ भदौ । चलचित्र ‘हामी शरणार्थी’ भदौ ८ गतेदेखि प्रदर्शनमा आउने भएको छ । भुटानी शरणार्थीको कथावस्तुमा आधारित ‘हामी शरणार्थी’ भोलिदेखि देशभरका सिनेमाहलमा एकसाथ प्रदर्शनमा आउने भएको आज झापामा आयोजित पत्रकार सम्मेलनमा चलचित्र निर्माण पक्षले जानकारी दिएको हो । कार्यकारी निर्माता कृष्ण पोखरेलले आफ्नो देशबाट लखेटिएर शरणार्थीको रुपमा बस्नुपर्दाको पीडा, भोग्नुपरेको सास्तीलाई पर्दामा उतारिएको जानकारी दिए । थप पढ्नुहोस्

रमेश बुढाथोकीको लाससँग खेल्दाको अनुभव, भूईँमान्छे मेडिकल साइन्सका विद्यार्थीले हेर्नै पर्ने चलचित्र

१ असार,काठमाडौं । चलचित्र ‘भूईँमान्छे’को टिजर सार्वजनिकसँगै यो चलचित्रको विषयवस्तुको बारेमा दर्शकहरुको चासो बढिरहेको छ । टिजरमा कलाकार रमेश बुढाथोकीले लास काट्कुट गर्दै गरेको दृश्य देखाइएको छ । यो भूमिकामा अभिनय गर्नका लागि रमेश बुढाथोकीले मन र मुटु दह्रो बनाएर अध्ययन गरेका थिए् । मुर्दाघरमा बसेर अनुभव बटुलेका छन् । शव चिरेको हेर्न रमेश बुढाथोकी गण्डकी अञ्चल अस्पताल पोखराको मुर्दा घरमा पनि पुगे । चलचित्रको लागि भनेपछि अस्पतालले सजिलै उनलाई मुर्दाघर छिर्न अनुमति दियो । उनी मुर्दा चिर्ने मान्छेसँग मुर्दा घरभित्र छिरे । थप पढ्नुहोस्