चाबहिल–साँखु सडकखण्डमा स्थानियको विरोधका कारण यात्रुहरु हैरानी खेप्दै

२४ भदौ, काठमाडौं । चावहिल–जोरपाटी–साँखु सडक विस्तार हुन सकेको छैन । काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले करिब दुई वर्ष पहिलेदेखि सडक विस्तार कार्य अगाडि बढाए पनि स्थानीयबासिन्दाको अवरोधका कारण विस्तार हुन नसकेको हो । बाटो आसपासमा घरटहरा बनाएर बसेका स्थानियहरुले विभिन्न बाहना बनाएर बाटो विस्तारको काममा अवरोध गरिरहेको ठेकेदारले आरोप लगाएका छन् । मापडण्ड विपरीत बनेका संरचनाहरु हटाउन नसक्दा बाटो विस्तारको काम अलपत्र परेको छ भने दैनिक हजारौँ यात्रु ओहोरदोहोर गर्ने काठमाडौंको उत्तर पूर्वी नाका अस्तव्यस्त बन्न पुगेको छ । थप पढ्नुहोस्