एक वर्षमा चार हजार ठगी व्यापारीलाई कारबाही

११ साउन, काठमाडौ । नेपाल गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय बालाजुले एक वर्षको अवधिमा नापतौल र पेट्रोलियम पदार्थमा ठगी गरेको आरोपमा चार हजार २२९ व्यापारीलाई कारबाही गरेको छ । आर्थिक वर्ष २०७३÷७४ मा कार्यालयले दूध तथा दहीमा ठगी गर्ने, समयमा अनुमतिपत्र नलिने, ढकको ठाउँमा ढुंगा पत्थर प्रयोग गर्ने, ढकतराजु समयमा जाँच नगर्नेलगायत शीर्षकमा ती व्यापारीलाई कारबाही गरेको हो । कार्यालयका प्रमुख शशीभुषणकुमार यादवले कारबाहीमा परेका व्यापारीमध्ये २२ जनाविरुद्ध अदालतमा मुद्दा चलाइएको जानकारी दिनुभयो । थप पढ्नुहोस्