नुवाकोट बस दुर्घटनामा सात र चितवनमा एकको मृत्यु

२४ भदौ, काठमाडौं । काठमाडौंबाट नुवाकोटको खरानीटार जाँदै गरेको बा १ ख ६३४८ नं को बस आज बिहान शिवपुरी गाउँपालिका–७ स्थित सुनखानीको ठानाभञ्ज्याङमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या सात पुगेको छ । दुर्घटनामा परी विदुर नगरपालिका–९ का २१ वर्षीया शशी बोगटी, तादी गाउँपालिका–५ नर्जामण्डपका ४५ वर्षीया लक्ष्मी न्यौपाने र ६७ वर्षीया ठूलीमायाँ तामाङको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश भट्टराईले जानकारी दिए । थप पढ्नुहोस्

‘र’को एजेण्ड भनी उद्योगपतिलाई धम्क्याउँदै हिँड्ने पुर्व सशस्त्रका जवान सहित ४ जना पक्राउ

११ साउन, काठमाडौं । भारतीय गुप्तचर संस्था ‘र’ को नेपाल प्रतिनिधि हुँ भन्दै चितवनका उद्योगपतिलाई धम्क्याएर ठूलो रकम माग गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका चार जनाको गिरोहलाई आज जिल्ला प्रहरी कार्यालय चितवनमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार मुख्य योजनाकार मानिएका एक जना भने भगौडा सशस्त्र प्रहरीका जवान हुन् । अन्य तीनजना भने उनका सहयोगी रहेको अनुसन्धानमा खुलेको थापाले जानकारी दिए । थप पढ्नुहोस्

धार्मिक तीर्थस्थल देवघाटमा साउने मेला सुरु

१ साउन, काठमाडौं । नेपालकै पवित्र तीर्थस्थल देवघाटधाममा साउने संक्रान्ति मेला शुरु भएको छ । आज साउनको पहिलो दिन साउने संक्रान्तिमा स्नान गर्ने भक्तजनको त्यहाँ भीड लागेको छ । मुख्य गरी हिन्दू संस्कारअनुसार साउन महिनालाई वर्षकै सबैभन्दा चोखो महिनाका रूपमा लिने गरिएकाले यो महिनाभर श्रद्धालुले चोखो गरी विभिन्न पूजा आराधना गरेर विशेषरूपमा मनाउँछन् । अझै साउनको सोमबार पवित्र दिनका रूपमा मानिँदै आएकाले भोलि सोमबार विशेष मेला हुने देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टेकनाथ पौडेलले जानकारी दिए । सोही मेलाका लागि आजैदेखि तयारी थालिएको उनको भनाइ छ । थप पढ्नुहोस्

तीनसाले खोरीयामै आम्दानीको स्रोत खोज्दै चेपाङ

नारायण ढुंगाना चितवनको पहाडी क्षेत्रमा बसोबास गर्ने अति सिमान्तकृत चेपाङहरु तीनसाले खोरीयामा मकै र कोदो उत्पादन गर्छन् । तीनसाल एउटा खोरीयामा खेती गर्छन्, अनि छाडेर फेरि अर्को ठाउँमा तीनसाल काम गर्छन् । त्यसैले तीनसाले खोरीया भनिएको हो । खोरीयाबाट आएको अन्न जेनतेन ६ महिनालाई पुग्छ । त्यसपछि उनीहरुलाई अनिकाल लाग्छ । यहाँका अधिकाँश चेपाङको अवस्था त्यही हो । परम्परागत खेती प्रणालीमा उनीहरु छन् । अनिकाल सुरु भएपछि जङ्गली गिठा–भ्याकुर खोज्ने, ज्याला मजदुरी गर्ने, ऋणमा बेसाएर खाने, अनि पछि काम गरेर तिर्ने । यो उनीहरुको हरेक वर्षको दैनिकी हो । थप पढ्नुहोस्

चितवनमा एघार लाखभन्दा बढी बिरुवा रोपिँदै

२९ जेठ, काठमाडौं । राम्रो वन क्षेत्रका रुपमा परिचित चितवनमा यस वर्ष सरकारी तवरबाट मात्रै ११ लाख ४५ हजार बिरुवा रोपिने भएको छ । जिल्ला वन कार्यालयले व्यवस्थापन गरेको नर्सरीमा आठ लाख ९५ हजार बिरुवा तयार भएका छन् भने निजी क्षेत्रबाट दुई लाख ५० हजार बिरुवा खरिद गरिँदै छ । जिल्ला वन अधिकृत केदारनाथ पौडेलले जिल्लामा १५ लाखभन्दा बढी बिरुवाको माग भए पनि उत्पादन गर्न पर्याप्त बजेट नहुँदा मागअनुसार बिरुवा वितरण गर्न नसकिएको बताए। जिल्ला वन कार्यालयले असारको दोस्रो साताबाट सरकारी र निजी क्षेत्रलाई निःशुल्क बिरुवा वितरण गर्दैछ । थप पढ्नुहोस्

‘चितवन मिल्क’ पुनः सञ्चालन हुने

२६ जेठ, काठमाडौं । घाटा भएपछि करिब दुई वर्षअघि बन्द भएको ‘चितवन मिल्क उद्योग’ आउँदो साउन १ गतेबाट पुनःसञ्चालनमा आउने भएको छ । भरतपुर महानगरपालिका– १ ठिमुरामा स्थापना गरिएको सो उद्योग दैनिक दुई लाख लिटर दूध प्रशोधन गर्ने क्षमताको रहेको छ । चितवन मिल्क प्रालिका अध्यक्ष राजुबाबु श्रेष्ठकाअनुसार बिग्रिएका उपकरण जडान र मर्मत सम्भार गर्ने काम सम्पन्न भएको छ । “उद्योगले परीक्षण उत्पादन सफलता पूर्वक सम्पन्न गरेको छ, साउन १ गतेबाट नियमित उत्पादन थाल्छौँ,” उनले भने । सुरुवातमा दैनिक ६० हजार लिटर दूध प्रशोधन गरिनेछ । विसं २०६९ मा सो उद्योग सञ्चालनमा आएको थियो । थप पढ्नुहोस्