सुगम जिल्ला मोरङको दर्गम गउँ सिंहदेवीमा चिया खेतीको व्यवसायिक विस्तार

१ साउन, काठमाडौं । चियाको व्यावसायिकखेती भन्नेबित्तिकै आमनेपालीले झापा र इलाम जिल्लालाई सम्झने गर्छन् । तर, सुगम जिल्ला मोरङको दुर्गम गाउँ सिंहदेवीमा २०५५ सालदेखि स्थानीयवासी नारायण राईले सुरु गरेको चिया खेती हाल आएर पूर्ण व्यावसायिक भइसकेको छ । विकासको कुनै पूर्वाधार नभएका बेला १८ वर्षअघि राईले ५० रोपनीमा सुरु गर्नुभएको चियाखेती हाल ३०० रोपनीमा विस्तार भएको छ । गाउँमा व्यावसायिक कामको कुनै सम्भावना नभएका बेला चियाखेतीमा लाखौँ रुपैयाँ खर्चिएका राई बल्ल लगानीबाट चित्त बुझ्न थालेको बताउँछन् । थप पढ्नुहोस्