सहमति कार्यान्वयन भए नेपाल–चीन रेलमार्ग संसारकै कठिन भूबनोटमा पर्ने

२७ भदौ, काठमाडौं । नेपाल र चीनबीच जोडिने रेलमार्ग हिमालवारपारको रेलमार्गमध्ये संसारकै सबैभन्दा कठिन भूबनोट भएर जाने ठूलो उचाइको रेलमार्ग हुने भएको छ । चीनको गन्सुबाट, ल्लासा, तिनग्री, सिगात्सेदेखि नेपालको रसुवा हुँदै काठमाडौँमा रेलमार्ग जोड्न सैद्धान्तिकरुपमा दुवै देश तयार भएपछि हाल प्राविधिक अध्ययन जारी छ । सिगात्सेबाट काठमाडौँसम्म ७२४ किलोमिटर छ भने गन्सुबाट काठमाडौँ दुई हजार ४३१ किलोमिटरको रेलमार्ग दूरी पर्छ । सगरमाथाको उत्तरी मोहडाको करिब पाँच हजार मिटर उचाइमा पर्ने स्थानमा सुरुङ खनेर सो रेलमार्ग बन्नुपर्नेछ । थप पढ्नुहोस्

उत्तर कोरियाविरुद्ध संयुक्त राष्ट्रसंघले लगायो कडा नाकाबन्दी, चीन, रुस र युरोपियन युनियनको पनि समर्थन

२७ भदौ, काठमाडौं। संयुक्त राष्ट्रसंघले उत्तर कोरियाका बिरुद्धमा थप तथा कडा नाकाबन्दी लगाएको छ । सोमबार संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले उत्तर कोरियाका विरुद्धमा नाकाबन्दीको कानुन पारित गरेको हो । उत्तर कोरियाका विरुद्धमा संयुक्त राष्ट्रसंघले यसअघि नै उक्त नाकाबन्दीको प्रस्ताव गरेको भए पनि सर्वसम्मत हुन सकेको थिएन । तर संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा सोमबार भने सर्वसम्मत निर्णय भएको छ । थप पढ्नुहोस्

चीनको भूकम्पमा १९ को मृत्यु, उद्दारकार्य जारी

२६ साउन, काठमाडौं । दक्षिणपश्चिमी चीनको सिचुयान प्रान्तमा मङ्गलबार राति गएको भूकम्पमा परी कम्तीमा पनि १९ जनाको मृत्यु भएको छ । उद्दारकार्य जारी रहेको र बिहीबार सम्ममा १९ को मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । त्यसैगरी सो भूकम्पमा परी ३४७ जना घाइते भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । कतिपय घर र संरचना भत्किाएकाले भग्नावशेषमा मानिस खोज्ने क्रम जारी रहेको पनि अधिकारीहरुले जनाएका छन् । यसैबीच सिचुवान क्षेत्र पर्यटकीय इलाका भएकोले त्यहाँ रहेका ठूलो सङ्ख्याका पर्यटक अन्यत्रै लागेका छन् । थप पढ्नुहोस्

चीनमा ७ लाखभन्दा बढी सामाजिक संस्था सक्रिय

१९ साउन, काठमाडौं । चीनमा सन् २०१६ को अन्त्य सम्ममा झण्डै सात लाख दुई हजार सामाजिक सङ्घसस्थाहरु रहेको तथ्याङ्क सार्वजनिक भएको छ । चीनको नागरिक मामिला हेर्ने मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार तीन लाख ३६ हजार सामाजिक समुह र सङ्घ तथा समितिहरु रहेका छन् । त्यसैगरी पाँच हजार पाँच सय ५९ प्रतिष्ठान र तीन लाख ६१ हजार ओटा गैर व्यापारिक निजी संस्थाहरु रहेको मन्त्रालयले जनाएको छ । गत बर्षको अन्त्यसम्ममा सामाजिक सङ्घ संस्थाहरुबाट ७० लाख ६३ हजार जनाले रोजगारी पाएका थिए । यस बर्ष त्यसमा ३.९ प्रतिशत बृद्धि भएको छ । थप पढ्नुहोस्

यसरी छिर्दैछन् नेपाल प्रहरीमा शक्तिराष्ट्रहरु

१६ साउन, काठमाडौं । उपत्यका र आसपासका ६ जिल्लामा कार्यरत प्रहरीसँग अन्यत्रका प्रहरीसँग भन्दा फरक खाले सञ्चार सेट छन् । उपत्यकाभित्रका तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) सँगै सिन्धुपाल्चोक, काभ्रे र कास्कीका प्रहरीले तुलनात्मक रूपमा आधुनिक सञ्चार सेट प्रयोग गरिरहेका छन् । ६ जिल्लाका प्रहरीले प्रयोग गर्ने ती सञ्चार सेटलाई आधुनिक किन भनिएको हो भने ती सेटमा डिजिटल प्रविधियुक्त विशेषता छन्, जसमा टेलिफोन गर्नदेखि भिडियो खिचेर लाइभ प्रसारण गर्न सकिनेसम्मका सुविधा छन् । प्रहरीभित्र यो प्रविधिको नाम ‘डिजिटल रेडियो ट्रङ्किङ सिस्टम’ राखिएको छ । थप पढ्नुहोस्

नोबेल पुरस्कार विजेता चिनियाँ अधिकारकर्मी लिउको निधन

२९ असार, काठमाडौं । लामो समयदेखि जेल जीवन विताईरहेका नोबेल पुरस्कार विजेता चिनियाँ नागरिक लिउ जियाओबोको बिहीबार ६१ बर्षको उमेरमा निधन भएको छ । कलेजोको अन्तिम अवस्थाको क्यान्सरबाट पिडित लिउलाई केहीदिन अगाडी मात्रै राष्ट्रिय/अन्तर्राष्ट्रिय दवावपछि जेलमुक्तगरी उपचारका लागि अस्पताल लगिएको थियो । उत्तरपूर्वी चीनको सेन्याङ प्रान्तमा रहेको फस्ट हस्पिटल अफ चाइना मेडिकल युनिभर्सिटीको कानुन विभागले उनको निधन भएको तथ्य आफ्नो वेभसाइट मार्फत् सार्वजनिक गरेको छ । उनलाई तीनदिनदेखि गहन उपचार गरिएको थियो । थप पढ्नुहोस्

चिनियाँ राष्ट्रपति सि पहिलो पटक हङकङ जाँदै

९ असार, काठमाडौं । चिनियाँ राष्ट्रपति सि जिनपिङ अर्को हप्ता हङ्कङ जाँदै छन् । आगामी हप्ता उनले हङ्कङ भ्रमण गर्न लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले सार्वजनिक गरेका छन् । हङकङ सहर बेलायतले चीनलाई हस्तान्तरण गरेको आगामी हप्ता २० बर्ष पुग्न लागेको छ । सोही अवसर पारेर चिनियाँ राष्ट्रपतिले हङ्कङ भ्रमण गर्न लागेका हुन् । यस समाचारलाई सार्वजनिक गरिएको भए पनि उनले हङ्कङको भ्रमण गर्ने वा नगर्ने भन्ने बारेमा चिनियाँ अधिकारीहरुले भने केही बताएका छैनन् । उनी सन् २०१३ मा चीनको राष्ट्रपति भएपछिको यो पहिलो हङ्कङ भ्रमण हो । थप पढ्नुहोस्