अर्को निर्णय नभएसम्म चुडामणि विरुद्ध मुद्दा नचलाउन सर्वोच्चको आदेश

५ साउन, काठमाडौं । सर्बोच्च अदालतले अर्बै रकम कर छुट दिएको आरोपमा अख्तियारले मुद्दा दायर गरेका चुडामणि शर्मा विरुद्ध तत्काल मुद्दा प्रक्रिया अगाडि नबढाउन विशेष अदालतको नाममा आदेश जारी गरेको छ । अख्तियारको हिरासतमा रहेका शर्मालाई गैर कानूनी तरिकाले थुनिएको भन्दै उनकी श्रीमती कल्पना शर्मा पौडेलले सर्बोच्चमा मुद्दा दायर गरेकी थिइन् । मुद्दाको सुनुवाई गर्दै सर्बोच्चले यो मुद्दालाई पूर्ण इजलाशमा लैजाने निर्णय गरेको छ । थप पढ्नुहोस्