फोरमले नयाँ शक्तिलाई चुनाव चिह्न प्रयोग गर्न नदिने

१५ साउन, काठमाडौं । स्थानीय तह चुनावमा तालमेल गर्दा ठाउँठाउँमा पराजित हुनुपरेको निष्कर्षमा पुगेको संघीय समाजवादी फोरम नेपालले अब उपरान्त नयाँ शक्ति पार्टी नेपाललाई आफ्नो चुनाव चिह्न प्रयोग गर्न नदिने भएको छ। राजधानीमा सम्पन्न समाजवादी फोरमको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको हो। निर्वाचन आयोगले पार्टीको हैसियतमा चुनाव चिह्न नदिएपछि नयाँ शक्तिले पहिलो र दोस्रो चरणका स्थानीय तह निर्वाचनमा समाजवादी फोरमको चुनाव चिह्न हातले बोकेको मसाल प्रयोग गरेको थियो । थप पढ्नुहोस्