प्रचारप्रसार नहुँदा चुली पोखरी ओझेलमा

१२ साउन,मोरङ । आन्तरिक पर्यटनको सम्भावना रहेको मोरङको मिक्लाजुङ गाउँपालिका–२ मा अवस्थित चुली पोखरीको प्रचारप्रसार र प्रवद्र्धन नहुँदा ओझेलमा परेको छ । धार्मिक तथा ऐतिहासिक महत्व बोकेको सो पोखरी पर्याप्त प्रचारप्रसार नहँुदा ओझेलमा परेको हो । घनाजङ्गलले ढाकेको चुली पोखरीबाट प्रकृतिको मनोरम दृश्यावलोकन गर्न सकिन्छ ।   स्थानीयबासी रुद्र भण्डारीका अनुसार परापूर्वकालमा चुली पोखरी क्षेत्रमा राजा र रानी नाम गरिएका दुईवटा पोखरी थिए । कालान्तरमा पश्चिममा रहेको रानी पोखरी सुकेपछि राजा पोखरी मात्र रहन पुगेको जनविश्वास रहेको छ । थप पढ्नुहोस्