चेपाङचेतमा पहिरो जाँदा गाउँ विस्थापित

१४ असार, काठमाडौं । वर्षाका कारण पहिरो जाँदा उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका– ५ चपाङचेतमा पहिरो गएपछि गाउँ नै विस्थापित भएको छ । दुई दिनदेखि परेको वर्षाका कारण गाउँ तलबाट पहिरो जाँदा गाउँ जोखिममा परेपछि गाउँवासी विस्थापित भएर नजिकैको जङ्गलमा बसेको चपाङचेतका नेत्रराज घलेले टेलिफोन गरेर बताए। गए राति पनि परेको ठूलो वर्षाका कारण साबिकको लापा गाविस– २ मा, चपाङचेतका केही ठाउँमा पहिरो गएको छ भने वर्र्षाको पानीले घरको जग नै चिरा चिरा पारिदिएको छ । थप पढ्नुहोस्