मेयर शाक्यज्यू, कसले चोर्दै छ काष्ठमण्डपका पुरातात्विक काठ ?

२५ पुस, काठमाडौं । काष्ठमण्डपको एक हजार १०० वर्ष पुरानो काठ वसन्तपुर क्षेत्रमा बेवारिसे छोडिँदा चोरी हुन थालेको छ । चुनाव प्रचारका बेला विभिन्न दलका नेताले पुरातात्विक महत्वको काष्ठमण्डप यथाशिघ्र निमार्ण हुने बताए पनि अहिले त्यो काम हुन सकेको छैन । पुरातात्विक महत्वको काठ काष्ठमण्डप, शिव पार्वती सत्तल, गृह मन्त्रालयअन्तर्गतको समारोह प्रबन्ध फाँटको कार्यालय रहेको चोक, भैरव मूर्ति अगाडि बेवारिसे अवस्थामा राखिएको छ । भूकम्पको ३२ महिना बित्दासमेत काष्ठमण्डप पुनःनिर्माण त परै जावस् पुरातात्विक चीजबीजको संरक्षणसमेत हुन सकेको छैन् । थप पढ्नुहोस्

फोटो पत्रकार बज्राचार्यको घरमा चोरी

७ भदौ, काठमाडौं । वरिष्ठ फोटो पत्रकार मीन बज्राचार्यको काठमाडौँ महानगरपालिका–२५ मासंगल्लीस्थित घरमा गएराति चोरी भएको छ । सँगै नयाँ घर बनाइरहेको र त्यही घरैबाट माथि चढेर चोरहरुले घरको ढोका फोडेर चोरी गरेको बज्राचार्यले बताए । घरमा रहेको पुराना बहुमूल्य सामग्री, पुराना क्यामेरा तथा घरमै रहेको पसलबाट सामान चोरी भएको छ । भूकम्पपछि बूढानीलकण्ठ बस्दै आएका बज्राचार्य परिवारको कोही पनि सदस्य उक्त घरमा बस्दैनथ्यो । थप पढ्नुहोस्