जनता बैंकको सिर्इओमा पर्शुराम कुँवर , बैकिङ क्षेत्रका ज्ञाता

२७ जेठ, काठमाडौं । जनता बैंकको प्रमुख कार्यकारी अधिकृत सिइओ मा बैंकर पर्शुराम कुँवर क्षेत्री नियुक्त भएका छन्। बैंक सञ्चालक समितिले बिहीबार चार बर्षका लागि कुँवरलाई नियुक्त गरेको हो। तात्कालिन ग्रान्ड बैंकबाट राजीनामा दिएपछि क्षेत्री तीन बर्ष देखि बैंकिङ बाहिर थिए। स्ट्यान्डर्ड चार्टर्ड तात्कालिन ग्रिन्डलेज बैंकबाट करियस सुरु गरेका क्षेत्रीले वित्तिय क्षेत्र सुधार कार्यक्रम अन्तर्गत नेपाल बैंकमा काम गरेका थिए। त्यसपछि उनी सिटिजन्स बैंक इन्टरनेशनलको महाप्रवन्धक नियुक्त भए। उनी तात्कालिन बैंक अफ एसियाका संस्थापक सिइओ थिए । थप पढ्नुहोस्