चुनाव चिह्न र ‘जनयुद्ध’ शब्दमा कुनै विवाद छैन : नेता नेम्वाङ

२८ चैत, काठमाडौं । नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले सानातिना विवाद र समस्याले पार्टी एकता कुनै पनि हालतमा अवरुद्ध नहुने बताएका छन् । प्रेस चौतारी झापाले बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सानातिना मतभेदलाई दुवै पार्टीका अध्यक्ष बसेर टुंग्याइने बताए । “हिजोका जश अपजश आपसमा स्वीकारेर पार्टी एकताको प्रक्रिया अन्तिम चरणमा पुगेको छ,” नेम्वाङले भने – “वैशाख ९ भित्रै पार्टी एकता हुन्छ । यसमा अब कुनै सन्देह र दुविधा छैन । थप पढ्नुहोस्