निःशुल्क औषधि स्टकमा, बिमारीले किन्नपर्ने क्लिनिकमा

२७ जेठ,काठमाडौं। केही वर्षदेखि निःशुल्क औषधि वितरणका क्रममा हुने अनियमितता गतवर्षसमेत जारी रह्यो । आर्थिक वर्ष २०७२/७३ को हिसाब–किताब गर्दा विभिन्न स्वास्थ्य संस्थामा करोडौँको औषधि म्याद नाघेको, मापदण्डमा नपरेको र निःशुल्क औषधिमा समेत ट्याग नलागेको अवस्थामा फेला परे । महालेखा परीक्षकको कार्यालयको पछिल्लो प्रतिवेदनअनुसार, निःशुल्क औषधि वितरण प्रक्रियामा देखिएको विकृति गतवर्ष पनि जस्ताको तस्तै रह्यो । २०७२/७३ सालका लागि खरिद हुनुपर्ने औषधि २०७३ असारमा मात्रै आपूर्ति भएको प्रतिवेदनमा उल्लेख छ । थप पढ्नुहोस्