वायु, जल तथा स्थलमार्गबाट सार्क राष्ट्रहरु जोडिन सक्नुपर्छ : अमजद

१९ साउन, काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का महासचिव अमजद हुसेन बी सियालले विकास–निर्माण, गरिबी निवारण, शिक्षा–स्वास्थ्यजस्ता परियोजनामा केन्द्रित भएर सार्क प्रक्रियालाई सुदृढ तुल्याउन सकिने बताएका छन् । नेपाल विश्व सम्बन्ध परिषद्ले आज ललितपुरमा आयोजना गरेको ‘सार्क प्रक्रियालाई नवजीवन’ विषयक प्रवचनमा उनले सो धारणा राखेका हुन् । दक्षिण एसियाको आर्थिक एकीकरण तथा जल, स्थल र वायुमार्गबाट सबै सदस्य मुलुकलाई जोड्ने परियोजनामा केन्द्रित भएर काम गर्न सके सार्कले नवजीवन पाउने विचार उनले व्यक्त गरे । थप पढ्नुहोस्