२८ सय मेगावाटका जलविद्युत आयोजना पाइपलाइनमा

२६ जेठ ,काठमाडौं । स्वतन्त्र उर्जा उत्पादक संघले अहिले निर्माणाधीन अवस्थामा रहेका कुल २८ सय ३८ मेगावाटका आयोजनाहरुको बिद्युत खरिद सम्झौता पीपीए भइसकेको जनाएको छ । नेपाल विद्युत प्राधिकरण र उत्पादकबिच सम्झौता भइसकेकाले कैयनले निर्माणको कामसमेत अघि बढाएको संघको भनाई छ । संघका अध्यक्ष शैलेन्द्र गुरागाईंले हाल ५ हजार मेगावाट बराबरका आयोजनाहरुले प्राधिकरणमा पिपिएका लागि आवेदन दिएर बसेको जानकारी दिए । उनले भने, ‘५ हजार मेगावाटकै हाराहारीका आयोजना पिपिएको आवेदन दिने तयारीमा रहेका छन् । थप पढ्नुहोस्