निगमलाई नयाँ जहाज तर पाइलट खै ?

२ फागुन, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमसँग १७ सिट क्षमतायुक्त जहाजको संख्या चार पुगेको छ । तर, अचम्म के छ भने ती जहाज उडाउन एकजना मात्र क्याप्टेन छन् । निगमले मंगलबार एकैपटक दुई थान चिनियाँ जहाज थपे पनि तिनलाई ‘कमान्ड’ गर्न एकजनामात्र क्याप्टेन भएपछि निगम ‘थाल खाऊँ न भात खाऊँ’ को अवस्थामा पुगेको छ । चीनमा निर्मित १७ सिट क्षमतायुक्त ‘वाई १२–ई’ सिरिजका दुई थान नयाँ दुई र हाल सञ्चालनमा रहेका यही सिरिजका दुई गरी चार थान वाई १२–ई जहाज कमान्ड गर्न वरिष्ठ क्याप्टेन निपेन्द्र भट्टराईमात्र छन् । उनलाई साथ दिने को–पाइलट चारजना छन् । थप पढ्नुहोस्

जहाज खरिदसम्बन्धी ऋण सम्झौतामा हस्ताक्षर, कोषले रु १२ अर्ब ऋण दिने

२९ जेठ, काठमाडौं । नागरिक लगानी कोष र नेपाल वायु सेवा निगमबीच ऋण सम्झौतामा हस्ताक्षर भएको छ । कोषको कार्यालयमा आयोजित सम्झौतामा कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेल र निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले हस्ताक्षर गरेका छन् । सम्झौतानुसार कोषले एउटा जहाज खरिदका लागि रु १२ अर्ब ऋण उपलब्ध गराउने भएको छ । यसअघि कर्मचारी सञ्चय कोषसँग मात्रै त्यस्तो ऋण लिने सम्झौतामा हस्ताक्षर हुने गरेको थियो । निगमले भने दोस्रो चरणमा सञ्चय कोषसँग नै ऋण सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरेको छ । लगानी कोषले उपलब्ध गराउने रकमको व्याजदर नौ प्रतिशत रहनेछ । थप पढ्नुहोस्