पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधार निर्माण महत्वपूर्ण

२५ भदौ, काठमाडौं । मुलुकको पर्यटन क्षेत्रको विकासमा सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहेकामा जोड दिइएको छ । पर्यटन पत्रकार सङ्घ (जाट) नेपालको सातौँ वार्षिक साधारण सभाका अवसरमा आज आयोजित कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले मुलुकको पर्यटन प्रवद्र्धनका लागि सञ्चार माध्यमको ठूलो भूमिका रहेको बताए । “जति धेरै प्रचारप्रसार गर्न सक्यो त्यति नै पर्यटकलाई स्वदेशमा भित्र्याउन सकिन्छ त्यसका लागि सञ्चार माध्यमले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ,” उनले भने । थप पढ्नुहोस्