मौलिक नेपाली संस्कृति ‘बालन’ लोप हुँदै, कस्तो होला त ४२७ चरणमा सकिने नाच !

गोपालप्रसाद पोखरेल २० साउन, मोरङ । झण्डै एक दशकअघि सम्म गाउँघरमा बालन नाचेको स्मरण गर्ने मोरङ राजघाटका पशुपति भट्टराई हिजोआज ‘बालन’ नाचको संस्कृति हराउँदै गएको बताउँछन् । शुभकार्यमा दिनभर पूजापाठ गर्ने र राति बालन नाच्ने परम्परा थियो । तर पछिल्लो पुस्ताको बेवास्ताका कारण यो नाच ओझेलमा परेको उनले बताए । बालन नाँच्ने मानिसको समेत अभाव खड्किएको उनको भनाइ छ । संस्कृति संवद्र्धन गर्ने युवा नै विदेशिएका छन् । उनले भने, “यहाँ भएकाहरू पनि खासै चासो राख्दैनन् । बालन नाचका पारखी भट्टराई नाच्न पनि उत्तिकै सिपालु छन् । थप पढ्नुहोस्