गुजरातदेखि मुम्बाइसम्म जापानको सहयोगमा ‘बुलेट ट्रेन’

भाद्र ३०, काठमाडौं । पश्चिमी भारतीय राज्य गुजरातमा जापानको सहयोगमा दु्रत गतिको रेल सेवा सञ्चालन हुने भएको छ । जापानी प्रधानमन्त्री सिन्जो आबेको भारत भ्रमणको क्रममा यो रेल सेवाको सुरुवातको सहमति भएको छ । ‘बुलेट ट्रेन’ सेवा भारतीय राज्य गुजरातको अहमदाबादबाट भारतको आर्थिक राजधानी मानिने मुम्बाइसम्म चल्ने बताइएको छ । पाँच सय किलोमिटर लामो दुरीमा सञ्चालन हुने यो रेल सेवा जापानको १७ अर्ब अमेरिकी डलर बराबरको ऋण सहयोगमा निर्माण हुनलागेको हो । यो रेलसेवासम्बन्धी आयोजनाको निर्माण सन् २०२२ सम्ममा सम्पन्न हुने अनुमान गरिएको छ । थप पढ्नुहोस्

लामा नेतृत्वका पदाधिकारीद्वारा जिम्मेवारी बहन

२८ भदौ, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए), जापानको २०१७–०१९ का लागि निर्वाचित र सर्वसम्मत भएका पदाधिकारीले आइतबारदेखि जिम्मेवारी पाएका छन् । नयाँ नेतृत्वका लागि भएको लामो प्रयासबाट सर्वसम्मत र निर्वाचनमार्फत विजयी भएका पदाधिकारीले आधिकारिकरुपमा जिम्मेवारी पाएका हुन् । सर्वसम्मत हुन नसकेर निर्वाचनमा सहभागी भई हारेका र निर्वाचन प्रक्रियामा असन्तुष्टि जनाएकाको विवादका कारण आधिकारिकता पाउन नसकेका पदाधिकारीले पद तथा गोपनीयताको शपथसँगै जिम्मेवारी सम्हालेका छन् । जिम्मेवारी सम्हाल्ने नयाँ कार्यसमतिको अध्यक्षमा टासी वाङ्दी लामा रहेका छन् । थप पढ्नुहोस्

उत्तर कोरियाबिरुद्ध उत्रन दक्षिण कोरियालाई उक्साउँदै अमेरिका

२० भदौ, काठमाडौं । दक्षिण कोरियाली सेनाले जमिनबाट आकासमा हान्ने खालको ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको समाचार छ । उत्तर कोरियाको आणविक परीक्षणपछि दक्षिणले पनि यस्तो क्षेप्यास्त्र हानेको समाचारमा जनाइएको छ । दक्षिण कोरियाली सेनाले सोमबार बिहान जमिनबाट आकासमा हान्ने खालको क्षेप्यास्त्र हानेको सोलबाट प्राप्त समाचारमा जनाइएको छ । उत्तर कोरियाले अन्तर्राष्ट्रिय समुदायको आग्रहको बेवस्ता गर्दै आणविक परीक्षणहरु गर्दै आएको छ । उसले आइतबार मात्र पनि एक शक्तिशाली आणविक परीक्षण गरेको थियो र त्यो परीक्षण हाइड्रोजन बम विश्रित रहेको पुष्टी पनि भएको छ । थप पढ्नुहोस्

जापानीज टोलीद्धारा चन्द्रागिरि भ्रमण

१३ साउन, काठमाडौं । जापानीज संसदका सदस्यद्धय हिन्को ताकासी र यूको नाकागोवा र नेपालका लागि जापानका राजदुत मसाशी ओगावा लगायतको समूहले आज चन्द्रागिरि केबलकारको अनौपचारिक भ्रमण ग¥यो । भ्रमणमा आएको समूहलाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल र महा–प्रबन्धक अभिषेक विक्रम शाहले स्वागत गर्दै परियोजना स्थलगत भ्रमण गराएका थिए । भ्रमणमा आएको जापानीज टीमले परियोजनाको प्रशंसा गर्दै चन्द्रागिरिको चुचुरोबाट देखिने हिमाल, पहाड र मन्दिर लगाएतका दृश्यले रमाइलो अनूभुती गराएको उल्लेख गरे । थप पढ्नुहोस्

जापानको फुकुओकामा आइएमई क्योदाईको नयाँ शाखा

२६ असार, काठमाडौं । जापानवाट नेपाल लगायत विश्वका बिभिन्न देशहरुमा रेमिटेन्स कारोवार गर्दै आएको आइएमई क्योदाई रेमिटेन्सले जापानस्थित फुकुओकाको हाकातामा नयाँ शाखा विस्तार गरेको छ । आफ्नो सञ्जाल बढाउने क्रममा जापानको फुकुओका शहरको हाकातामा थप एक शाखा गत शुक्रबारबाट संचालनमा आएको छ । आइएमईका प्रमूख कार्यकारी अधिकृत सुमन पोखरेल, क्योदाई रेमिटेन्सका प्रमुख एवम् एनआरएन जापानका उपाध्यक्ष टंक गैरे लगायतको उपस्थितिमा नयाँ शाखाको शुभारम्भ गरिएको कम्पनीले जनाएको छ । थप पढ्नुहोस्