राहदानीबाट एक करोड ४३ लाख राजश्व संकलन

२६ साउन, काठमाडौं । आर्थिक वर्ष २०७३/७४ मा राहदानी दस्तुरबाट रु एक करोड ४३ लाख ४७ हजार राजश्व संलन भएको छ । जिल्ला प्रशासन कार्यालयका लेखापाल विष्णुप्रसाद शर्माका अनुसार सोही अवधिमा संस्था दर्ताबाट रु दुई लाख ३८ हजार, हातहतियार इजाजतपत्र नवीकरण तथा दर्ता शुल्कबाट रु ३० हजार ३५० राजश्व संकलन भएको थियो । न्यायिक दण्ड तथा जरिवानाबाट रु २९ हजार, न्यायिक दस्तुरबाट रु २६ हजार र परीक्षा शुल्कबाट रु आठ हजार संकलन भएको थियो । गत आवमा चार हजार ५१ राहदानी सिफारिस भएकामा द्रुत सेवातर्फ एक हजार ४५६ र सामान्यतर्फ दुई हजार ५९५ वटा राहदानी सिफारिस गरिएको थियो । थप पढ्नुहोस्

मोरङमा वैवाहिक अंगीकृत नागरिकता लिने बढे

१९ साउन, काठमाडौं । मोरङ जिल्लामा वैवाहिक अंगीकृत नागरिकता लिनेको संख्यामा वृद्धि भएको छ । नयाँ संविधान जारी भएयता अघिल्लो आवभन्दा गत आव २०७३/०७४ मा वैवाहिक अंगीकृत नागरिकता लिनेको संख्यामा वृद्धि भएको हो । मोरङमा गत आवमा ४८६ जनाले वैवाहिक अंगीकृत नागरिकता लिएको जिल्ला प्रशासन कार्यालय, मोरङको तथ्यांकमा उल्लेख छ, जसअनुसार अघिल्लो आव भन्दा गत आवमा ११५ जना वैवाहिक अंगीकृत नागरिकता लिने बढेको देखिन्छ । आव २०७२/०७३ मा मोरङबाट ३७१ जनाले वैवाहिक अंगीकृत नागरिकता लिएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलले जानकारी दिए । थप पढ्नुहोस्