बाजुराको विकास एकद्वार प्रणाली लगाउँछु : जिसस प्रमुख

१३ भदौ, काठमाडौं । बाजुराको समग्र विकासका लागि एकद्वार प्रणालीबाट अगाडि बढ्ने जिल्ला समन्वय समिति बाजुराका प्रमुख नरेन्द्रकुमार रोकायाले बताए । गत आइतबार आयोजित आपसी समन्वयात्मक तथा परिचयात्मक कार्यक्रममा उनले जिल्लाको विकासका लागि कुनै बाधा नपु¥याउने बताए । थप पढ्नुहोस्

रसुवामा पहिरोमा परी चारजना बेपत्ता, जारकोट–डोल्पा सडक अबरुद्ध

२३ साउन, काठमाडौं । अविरल वर्षासँगै बगेको पहिरोमा परी रसुवाको उत्तरगया गाउँपालिका–४ पैरेबेशीमा एकै घरका चारजना हराइरहेका छन् भने घाइते अवस्थामा चार जनालाई उद्धार गरिएको छ । गए राति ९ बजे बस्ती माथिबाट आएको पहिरोमा परी ७२ वषीय धर्मबहादुर थापामगर, उनको बुहारी २८ वर्षीया मुना थापामगर, ३ वर्षीय नाति रबिन थापामगर र उनीहरुको घरमा काम गर्ने सहयोगी ७० वर्षीय भक्तबहादुर नगरकोटी हराइरहेका छन् । माथिबाट निरन्तर पहिरो झर्ने क्रम जारी रहेकाले उनीहरुको उद्धारमा पुगेको नुवाकोट र रसुवाको नेपाल प्रहरी र श्रीनाथ गण देवीघाटबाट गएको नेपाली सेनाको टोलीलाई कठिनाइ भएको छ । थप पढ्नुहोस्

जिसस डडेल्धुरामा काँग्रेसको प्यानल निर्विरोध

२२ साउन, काठमाडौं । डडेल्धुरा जिल्लाको जिल्ला समन्वय समिति नेपाली काँग्रेसको प्यानल निर्विरोध चयन भएको छ । नेपाली काँग्रेसका तर्फबाट उम्मेदवारी दर्ता गरेका गणेश भट्टको प्यानल पूरै निर्विरोध भएका जिल्ला निर्वाचन कार्यालय डडेल्धुराले जनाएको छ । उपप्रमुखमा परशुराम नगरपालिकाबाट रत्ना कामी उपसंयोजकमा मनोनीत भएका छन् । अन्य दलहरुले उम्मेदवारी नदिएपछि नेकाको पूरै प्यानल विजयी भएको हो । थप पढ्नुहोस्

भटाभट चुनिँदै छन् जिससमा दलका कार्यकर्ता

२२ साउन, काठमाडौं । जिल्ला समन्वय समिति रोल्पामा नेकपा (माओवादी केन्द्र) बाट मात्रै उम्मेदवारी परेका कारण निर्विरोध हुने स्थिति देखापरेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय रोल्पाले प्रकाशित गरेको निर्वाचन कार्यतालिकाअनुसार उम्मेदवारी दर्ता गर्न दिएको समय सीमाभित्र माओवादी केन्द्रका उम्मेदवारको मात्रै उम्मेदवारी परेको छ । जिल्ला समन्वय समितिका संयोजकमा राजबहादुर बुढा र सहसंयोजकमा विमला बुढाको उम्मेदवारी परेको छ । थप पढ्नुहोस्