एमालेद्वारा जिसस प्रमुख र उपप्रमुखको उम्मेदवारी टुंगो

१६ साउन, काठमाडौं । एमालेले स्थानीय तह निर्वाचन सम्पन्न जिल्लामा जिल्ला समन्वय समितिका लागि प्रमुख र उपप्रमुखका उम्मेदवार टुंगो लगाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा आइतबार बसेको स्थायी कमिटी बैठकले जिल्ला कमिटी र प्रदेश कमिटीको सिफारिस एवं सुझावका आधारमा प्रमुख एवं उपप्रमुखका उम्मेदवार टुंगो लगाएको हो । थप पढ्नुहोस्