जी२० सम्मेलन सम्पन्न पेरिस सम्झौतामा अमेरिका असहमत

२५ असार, काठमाडौं । विश्वका २० शक्ति राष्ट्रको संगठन जि२० को सम्मेलनमा जर्मनीको ह्याम्बर्गमा शनिबार सम्पन्न भएको छ । सो सम्मेलनका लागि विश्वका अधिकांश नेताहरु शुक्रबार नै जर्मनी पुगेका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुुटिन, चिनियाँ राष्ट्रपति सि चिनफिङ जर्मन चान्सलर एन्जिला मार्केललगायतको सो बैठकमा सहभागिता रहेको थियो । उक्त सम्मेलनमा विश्वमा जलवायु परिवर्तनको प्रभाव कमगर्ने सम्बन्धी सम्झौता, पेरिस सम्झौतामा अमेरिकाले अनुमोदन गर्न मानेन । थप पढ्नुहोस्