नेपाली युवा बमले लिए जुडोमा स्वर्णपदक

२९ जेठ, काठमाडौं । अस्ट्रेलियामा बस्दै आएका जुडो खेलाडी मोहन बमले अस्ट्रेलियाको गोल्डकोस्टमा भएको ४२ औँ अस्ट्रेलिया राष्ट्रिय जुडो प्रतियोगितामा स्वर्णपदक हात पारेका छन् । आज सम्पन्न तीनदिने प्रतियोगिताको पुरुष नागे नो कातामा मोहनले स्वर्णपदक हात पारेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ । उनले अस्ट्रेलियाकै एडमन्ड युनसँग मिलेर स्वर्ण जितेका हुन् । पाँच जोडी सहभागी उक्त स्पर्धामा उनीहरुले सर्वाधिक ८१ प्रतिशत अङ्क ल्याएका थिए । मोहन र एडमन्डको जोडीले सो स्पर्धामा स्वर्ण जितेको यो लगातार चौथो पटक हो । थप पढ्नुहोस्