प्रम देउवालाई भेट्न मोदीलाई भयो हतारा, भ्रमण तालिका अगावै दुवै प्रधानमन्त्रीको ‘जुम्लाह हात’

७ भदौ, काठमाडौं । भारतको राजकीय भ्रमणमा रहेएका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बुधबार साँझ नयाँ दिल्लीमा भेटवार्ता भएको छ । उनीहरुबीच भएको यस भेटलाई भोलि हुने औपचारिक भेटघाट र वार्ताको पूर्व तयारीका रुपमा लिइएको छ । अनौपचारिक रुपमा भएको उक्त भेटवार्तालाई प्रधानमन्त्री देउवाको भारत भ्रमणलाई भारतले दिएको महत्वका रुपमा हेर्न सकिने प्रधानमन्त्री देउवाका विदेश मामिलासम्बन्धी सल्लाहकार डा दिनेश भट्टराईले बताए । उनले भने, “यो शिष्टाचार भेट हो र यसले मित्रताको अभिव्यक्ति तथा सद्भावनालाई दर्शाएको छ । थप पढ्नुहोस्