पूर्वी, मध्य र पश्चिम नेपालमा बाढी र पहिरोको जोखिम थपियो

२७ असार, काठमाडौं । केही दिनयताको अविरल वर्षाको कारण नेपाल भरीनै प्रभाव पार्न थालेको छ । अविरल वर्षका कारण आएको बाढीले झापा जिल्लाका दुई सय ७७ घर जोखिममा परेका छन् । नेपाल रेडक्रस सोसाइटी विपद् व्यवस्थापन विभागका अनुसार वर्षाका कारण विभिन्न नदी तथा खोलामा आएको बाढीका कारण ती घर जोखिममा परेका हुन् । रतुवा नदीमा बढेको पानीको बहाव कमल गाउँपालिका– ७ दक्षिण पाँच सय मि कटान गरेर बस्तीमा पस्न लागेको छ । खोला बस्तीमा पस्ने सम्भावना बढेसँगै त्यहाँ रहेका १५० घर जोखिममा रहेको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिए । थप पढ्नुहोस्