कैलालीको जोशीपुर गापामा काँग्रेस विजयी

१७ असार, काठमाडौं । कैलालीको जोशीपुर गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका रामकृष्ण चौधरी तीन हजार ४३२ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल लोकतान्त्रिक फोरमका विरुप्रसाद चौधरीले दुई हजार ७४१ मत प्राप्त गरेको निर्वाचन अधिकृत जीवनाथ पोख्रेलले बताए। यसैगरी, उपाध्यक्षमा कांग्रेसकै गीता कठरियाले तीन हजार ५६८ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल लोकतान्त्रिक फोरमका किरण चौधरीले तीन हजार ४८९ मत प्राप्त गरेका छन् । थप पढ्नुहोस्