लेखापरीक्षण विधेयक सर्वसम्मतले परित, स्वास्थ्य बीमा विधेयक प्रस्तुत संसदमा प्रस्तुत

२२ साउन, काठमाडौं । व्यवस्थापिका–संसद्को आजको बैठकमा स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले ‘स्वास्थ्य बीमा विधेयक, २०७४’ प्रस्तुत गरेका छन् । विधेयक पेश गर्दै उनले स्वास्थ्य सेवालाई प्रभावकारी, जनमुखी एवम् सहज बनाउनका लागि सरकारले विधेयक प्रस्तुत गरेको जानकारी दिए । आजैको बैठकले ‘जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) (पहिलो संशोधन) विधेयक, २०७४ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । सो विधेयक शुक्रबार गणपूरक सङ्ख्या नपुगेपछि स्वीकृत हुन सकेको थिएन । थप पढ्नुहोस्

अर्थमन्त्रीमा नयाँ अनुहार , इमानदार र नैतिकवान नेतालाई अर्थमन्त्रालयको बागडोर

२७ जेठ, काठमाडौं । २०४६ को राजनीतिक परिवर्तनपछि पटक–पटक सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसले लामो समयपछि नयाँ अर्थमन्त्रीका रूपमा नयाँ अनुहार चयन गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई विद्यार्थी राजनीतिबाटै सहयोग गर्दै आएका नेता ज्ञानेन्द्रबहादुर कार्कीलाई अर्थमन्त्रीको जिम्मेवारी दिइएको छ । कांग्रेसबाट डा. रामशरण महत र महेश आचार्यले मात्रै अर्थमन्त्रीको जिम्मेवारी पाउँदै आइरहेकोमा यसपटक भने नयाँ अनुहारले प्राथमिकता पाएका हुन् । थप पढ्नुहोस्