नेपालमै पहिलो नलेज बैंक झापामा खुल्दै

३० असार, दमक । झापाको दमक नगरपालिकाले नगरको समृद्धि अभियानमा सघाउने उद्देश्यले नेपाल मै पहिलोपटक ‘नलेज बैंक’को खोल्ने भएको छ । दमकको विकास र यहाँको समृद्धिका लागि आवश्यकीय प्राज्ञिक, विभिन्न पेशागत दखल भएका बौद्धिक व्यक्तित्व र सर्वसाधारणलाई समेटेर नगरपालिकाले ‘नलेज बैंक’ (ज्ञान भण्डार) को अवधारणा ल्याएको हो । नगरप्रमुख रोमनाथ ओलीले सबै क्षेत्रको नगरसम्बन्धी दृष्टिकोण तथा विचारलाइ संग्रहित गर्नका लागि ‘नलेज बैंक’ स्थापना गर्ने तयारी गरिएको बताए । थप पढ्नुहोस्