काठमाडौंको ज्यानमारा सडक तत्काल बनाउन सांसदको माग

६ साउन, काठमाडौ । सांसदहरुले काठमाडौं उपत्यकाका सडक धरापमा परिणत हुँदै गएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। विहीबारको व्यबस्थापिका संसद बैठकमा सांसदहरुले राजधानीका सडकको अवस्थाले लाज लाग्ने स्थिति भएको भन्दै सरकारलाई तत्काल निर्माण गर्न माग गरेका हुन् । नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले राजधानी काठमाडौँका सडक धरापमा परिणत भएको भन्दै आक्रोश व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, सडकमा सामान्य खाल्डाखुल्डी मात्र नभएर गाडीहरु नै पुरिने भ्वाङहरु छन् । तत्काल यस्ता धरापहरु पुर्न सरकारसंग माग गर्छु । थप पढ्नुहोस्