निलगिरि सेवा प्रा.लि.का युवराज डाँगीको चरम लापर्वाही

१७ पुस, काठमाडौं । झापाको भद्रपुर नगरपालिकाअन्तर्गत रहेको मेची नदीपारिको मेचे बस्तीमा पुग्न मेची नदीमा झोलुंगे पुल नबन्दा स्थानीय बासिन्दा समस्यामा छन् । एक वर्ष छ महिनामा पुल निर्माण गर्ने गरी संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले भ्याटसहित रु दुई करोड ८५ लाख ९८ हजार लागतमा निलगिरि सेवा प्रा (लि) बानेश्वर काठमाडौँसंग २०७२ भदौ ७ गते ठेक्का सम्झौता गरेको थियो । लम्बाइ २८० मिटर र चौडाइ १३ मिटर चौढाइसहितको पुल निर्माण गर्न निर्माण कम्पनीका प्रोप्राइटर युवराज डाँगीले काममा गरेको ढिलाइले सो पुल बन्न नसकेको हो । थप पढ्नुहोस्

चीनको लगानी झापामा, औद्योगिक उद्यान बन्दै

१३ पुस, काठमाडौं । झापाको दमकमा निर्माण हुने भनिएको औद्योगिक क्षेत्रको चीनको ल्हासास्थित आर्थिक तथा प्राविधिक विकास क्षेत्रका अधिकारीको एक टोलीले आज स्थलगत अवलोकन गरेको छ । औद्योगिक क्षेत्र अध्ययन गर्न आएको १२ सदस्यीय चिनियाँ टोलीले दिनभर औद्योगिक क्षेत्र स्थलगत अध्ययन गर्नाका साथै सरोकार भएकाहरुसँग अन्तरक्रियासमेत गरेको छ । थप पढ्नुहोस्

फाल्गुनन्द गोल्डकपमा पेनाल्टी सुटआउटमा झापा विजयी

८ पुस, काठमाडौं । पाँचथरको फिदिममा जारी नवौँ रुसलान फाल्गुनन्द गोल्डक फुटबल प्रतियोगिताको आजको खेलमा बिर्तामोड युनाइटेड झापा विजयी भएको छ । मिसन यूनाइटेड क्लब ताप्लेजुङ र बिर्तामोड युनाइटेड झापाबीच भएको आजको खेलमा निर्धारित समयमा दुवै टिमबाट १–१ गोल मात्रै भएपछि पेनाल्टी सुटआउटमार्फत झापाले मिसन युनाइटेड क्लब ताप्लेजुङलाई ४–२ गोलअन्तरमा पराजित गरेको हो । पहिलो हाफको चौथो मिनेटमै झापाको तर्फबाट आशिष चापागाईले गोल गरेका थिए । जवाफमा ताप्लेजुङका विकेश लिम्बूले पहिलो हाफको १३ औँ मिनेटमा जवाफी एक गोल फर्काई खेल बराबरी बनाएका थिए । थप पढ्नुहोस्

झापा क्षेत्र नं ४ मा वाम गठबन्धन विजयी

२४ मंसिर, काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको सम्पन्न निर्वाचनमा झापा निर्वाचन क्षेत्र नं ४ मा वाम गठबन्धनका सबै उम्मेदवार विजयी भएको निर्वाचन अधिकृतको कार्यालय भद्रपुरले जनाएको छ । प्राप्त जानकारीअनुसार प्रतिनिधिसभातर्फ वाम गठबन्धनबाट नेकपा(एमाले) का उम्मेदवार लालप्रसाद साँवा लिम्बू (एलपी साँवा) ४३ हजार ४१५ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका देउकुमार थेवेले २६ हजार ८२२ मत प्राप्त गरे । थप पढ्नुहोस्

ओली र सिटौलालाई गृहनगरमा सकस

१७ असार, काठमाडौं । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौला र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगरमा आएको मत परिणामले सबैलाई आश्चर्य बनाएको छ । सिटौलाको क्षेत्रमा एमाले र ओलीको क्षेत्रमा राप्रपासँगै प्रतिस्पर्धा भएपछि जिल्लावासीलाई आश्चर्य बनाएको हो । सिटौलाकै पकड क्षेत्र मानिएको भद्रपुरमा एमालेले भारी मतले अग्रता लिएको छ । हालसम्म सात हजार ३०० मत गणना हुँदा प्रमुख पदमा काँग्रेसको एक हजार ५९९ र एमालेको दुई हजार ४०४ मत आएको छ । नगरको वडा नं । थप पढ्नुहोस्

यस्तो छ झापामा चुनावी तामझाम, तीन हजार ३४० उम्मेदवार मैदानमा

९ असार, काठमाडौं । दोस्रोचरणको स्थानीय तहको निर्वाचनमा सात गाउँपालिका र आठ नगरपालिका रहेको झापामा कुल ६९९ जना जनप्रतिनिधिका लागि नगरपालिका र गाउँपालिका गरी जम्मा तीन हजार ३४० उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् । जिल्लामा कुल पाँच लाख १० हजार २१६ मतदातामा पुरुष दुई लाख ५३ हजार ४१५ र महिला दुई लाख ५६ हजार ७९८ जना छन् । पुरुषको तुलनामा महिला मतदाताको सङ्ख्या तीन हजार ३८३ ले बढी रहेको जिल्ला निर्वाचन कार्यालय प्रमुख गोपाल आचार्यले बताए । थप पढ्नुहोस्