बीस वर्ष पुराना सवारी साधन सञ्चालनमा रोक, ट्याक्सी र विद्युतीय सवारी भन्ने चल्न पाउने

१९ माघ, काठमाडौं । आगामी चैतदेखि देशभर गुडिरहेका २० वर्ष पुराना सवारी साधन सञ्चालनमा रोक लगाइने भएको छ । काठमाडौँ उपत्यकामा वायु प्रदूषणको मात्रा भयावह रुपमा बढ्न थालेपछि आगामी चैतदेखि त्यस्ता सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय भएको हो । यातायात व्यवस्था विभागले सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ संशोधन गरी आउँदो चैतदेखि देशभरबाट २० वर्ष पुराना सवारी साधन हटाउन लागेको हो । विभागले गत वर्ष फागुनदेखि उपत्यकाबाट २० वर्ष पुराना सवारी साधन हटाएको थियो । थप पढ्नुहोस्

भूकम्पपीडितलाई खै ट्याक्सी ?

२९ जेठ, काठमाडौं । दैवी प्रकोपपीडित तथा उद्धार सघाउ संस्था नेपालले भूकम्प पीडितलाई चिट्ठा प्रणालीबाट वितरण गरिने ट्याक्सीको नम्बरका लागि तत्काल प्रक्रिया अघि बढाउन सरकारसँग आग्रह गरेको छ । विसं २०७२ वैशाखमा गएको विनाशकारी भूकम्पका कारण धेरै नेपालीको रोजगारी तथा गाँसबासमा असर परेको अवस्थामा सरकारले तोकेबमोजिम पीडितलाई ट्याक्सी नम्बर उपलब्ध गराउन माग गरेको हो । थप पढ्नुहोस्