पानामा पेपर काण्डमा मुछिएका नेपालीको अनुसन्धान हुँदै

१६ साउन, काठमाडौं। पनामा पेपर काण्डलाई नै आधार बनाएर पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफले पदबाट राजीनामा दिनु परेपछि यो काण्ड पुनः चर्चामा आएको छ । एक वर्ष अघि सार्वजनिक भएको पनामा पेपर काण्डलाई आधार बनाएर शरीफविरुद्ध पाकिस्तानको अदालतमा मुद्धा पर्‍यो, जसमा आफू दोषी नरहेको प्रमाणित गर्न शरीफ असफल भएपछि प्रधानमन्त्रीको पद त्याग्न बाध्य हुनुपर्‍यो । एक वर्षअघि पनामा पेपर काण्डमा नेपालीको नाम पनि सार्वजनिक भएको थियो । थप पढ्नुहोस्