ठेक्का र टेन्डरका समस्या समाधान गर्न मन्त्री साहको निर्देशन

८ असार, काठमाडौं। सहरी विकास मन्त्री प्रभु साहले मन्त्रालयअन्तर्गतका निकायमा ठेक्का र टेन्डरमा देखिएको समस्या तत्काल समाधान गर्न निर्देशन दिएका छन् । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिबाट प्रवाह हुने सेवासुविधा र काम कारवाहीबारे समितिको कार्यालय गुह्येश्वरी जानकारी लिदैं उनले समयमै ठेक्का नसकिएकाबारे संवेदनशील हुन पनि विभागीय प्रमुखलाई निर्देशन दिए । थप पढ्नुहोस्