‘प्रेम गीत- २’ को आक्रामक व्यापार

१५ साउन, काठमाडौं । लभस्टोरी फिल्म ‘प्रेमगीत’को सफलतापछि निर्माण भएको ‘प्रेम गीत-२’ले देशभरका हलहरुमा आक्रामक व्यापार गरिरहेको छ । शुक्रबार रिलिज भएको फिल्मले दुईदिनमै डेढ करोड कलेक्सन गरिसकेको निर्माता सन्तोस सेनले दावी गरेका छन् । राजधानीका कतिपय हलहरुमा विहानदेखि बेलुकी नौं बजेसम्म हाउसफुल भए । चलचित्र ‘छक्का पन्जा’ र ‘लुट(२’ भन्दा प्रेमगीत(२ ले ब्यापार राम्रो गरिरहेको हल संचालकहरुले बताएका छन् । शुक्रबारको सोमै फिल्मले १ करोड १२ लाख ग्रस कलेक्सन गरेको दाबी हल संचालकहरुको छ । दुईदिन भित्र देशभरबाट २ करोड ५३ लाख कलेक्सन भइसकेको छ । थप पढ्नुहोस्