दाहालकै खतरनाक योजनामा ‘मधेस एक प्रदेश’

१४ साउन, काठमाडौं । सत्तारूढ नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालकै सहमतिमा समग्र मधेस एक स्वायत्त प्रदेशको एजेन्डा ब्युँताइएको खुलेको छ । दाहालकै सहमतिमा आफूहरूले पुनः ‘समग्र मधेस एक स्वायत्त प्रदेश’ र ‘बहुराष्ट्रिय’ को एजेन्डा उठाएको माओवादी केन्द्रकै नेताले स्पष्ट पारेका छन् । संविधान संशोधनमार्फत समग्र मधेस एक स्वायत्त प्रदेश र बहुराष्ट्रियताको एजेन्डा पूरा गर्नुपर्ने भन्दै माओवादी केन्द्रका साथै केही मधेसकेन्द्रित दलका नेता लागिपरेका छन् । थप पढ्नुहोस्