काठमाडौँ महानगरको बजेट १० अर्ब

१ साउन, काठमाडौं। काठमाडौँ महानगरका लागि रु १० अर्ब ७८ करोड को बजेट स्वीकृत गरिएको छ । काठमाडौँ महानगरपालिकाको नगरसभाको सर्वसम्मतिबाट आव २०७४÷७५ का लागि आर्थिक विधेयकबाट रु १० अर्ब ७८ करोड बजेट स्वीकृत गरिएको महानगरपालिकाले जनाएको छ । संक्षिप्त विवरण अनुसार आन्तरिक आम्दानी कर आयतर्फ रु चार अर्ब ३६ करोड ७५ लाख, गैरकरतर्फ रु दुई अर्ब १२ करोड गरी हुन आउने रु छ अर्ब ४८ करोड ७५ लाख, आन्तरिक आम्दानी अनुदान रु तीन अर्ब १६ करोड ८२ लाख (यसमा समानीकरण÷शशर्त तथा निशर्त सबै अनुदान समावेश छ) रहेको छ । थप पढ्नुहोस्