१२ कक्षा उत्तीर्ण भएपछि मुसहर बस्तीमा खुशीयाली

गोपालप्रसाद बराल १६ भदौ, काठमाडौं । ‘माय, हम १२ पास कैलिय’ (आमा मैले १२ कक्षा पास गरेँ) महोत्तरी बर्दिवास–१४ स्थित एकीकृत नमूना मुसहर बस्तीका २० वर्षीय मञ्जय सादा मुसहरले आमा मानकी सादासँग खुशी साट्दै भने । बिहीबार प्रकाशित कक्षा १२ को परीक्षाको नतिजामा ५६ प्रतिशत अङ्क प्राप्त गरी उत्तीर्ण भएको खुशी मञ्जयले आमासँग साट्दै गर्दा मानकीका आँखाका डिल पनि खुशीका आँसुले भरिए । थप पढ्नुहोस्