१८८ किसिमका चुनाव चिह्न, केही भने उस्तै प्रकृतिका

१ मंसिर, काठमाडौं । आसन्न मंसिर १० र २१ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा १८८ किसिमका निर्वाचन चिह्न प्रयोग गरिएका छन् । प्रतिनिधिसभा प्रत्यक्ष र समानुपातिक निर्वाचनका लागि १३८ तथा प्रदेशसभाको निर्वाचनका लागि ५० वटा निर्वाचन चिह्न प्रयोग गरिएको निर्वाचन आयोगका कानून शाखाका शाखा अधिकृत धमचन्द्र तिमिल्सेनाले जानकारी दिए । निर्वाचनमा प्रतिनिधिसभाका लागि राजनीतिक दलतर्फ ९० र स्वतन्त्र उम्मेदवारलाई ४८ तथा प्रदेशसभाका लागि स्वतन्त्रतर्फका उम्मेदवारका लागि ५० चुनाव चिह्न प्रयोग गरिएको छ । थप पढ्नुहोस्