क्यानडाको ८ विकेट पतन हुँदा नेपाललाई १९५ रनको लक्ष्य

२ फागुन, काठमाडौं । टस जितेर फिल्डिङ रोजेको नेपालले क्यानडाको ८ विकेट लिँदै निर्धारित ५० ओभरको समाप्तिमा १९५ रनको लक्ष्य पाएको छ । क्यानडाका लागि श्रिमन्थ विजेरत्नेले १०३ रनको योगदान दिए । उनले १५२ बलमा ८ चौकासहित नटआउट १०३ रन बनाए । श्रीमान्थ र रुविन्दु गुनशेकराले पहिलो विकेटका लागि ४६ रनको साझेदारी गरे । उनले चौथो विकेटका लागि एनएस धालिवालसँग २३ र पाँचौं विकेटका लागि हमजा तारिकसँग ४१ रनको साझेदारी गरे । उनी प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडी भएका छन् । त्यस्तै सतसिमरन्जित ढिन्ड्साले नटआउट १८ रन बनाए । थप पढ्नुहोस्