२०६२/६३ को गणतान्त्रिक आन्दोलनपछि बनेको वामसरकारले देशको ढुकुटी रित्यायो, श्वेतपत्र मार्फत काँग्रेसलाई दोष मात्र : सभापति देउवा

२४ चैत, काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले संसद्मार्फत जारी गरेको अर्थतन्त्रसम्बन्धी श्वेतपत्रमा कपोलकल्पित र भ्रामक तथ्य रहेको बताएका छन् । नेपाल सार्वजनिक सेवा कर्मचारी संघको छैटौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै सभापति देउवाले भने, “विसं २०६२÷६३ को गणतान्त्रिक आन्दोलनपछि बनेका सरकारको नेतृत्व बढी समय वामपन्थीबाट भएको छ । श्वेतपत्रमा काँग्रेसका कारण अर्थतन्त्र धरासायी भयो भन्नु आफैँमा कपोलकल्पित हो । यसमा कुनै सत्यता छैन । थप पढ्नुहोस्