बुटवल र बर्दघाटमा अन्तर्राष्ट्रिय सांगीतिक कार्यक्रमको तयारी

२४ चैत, काठमाडौं । नयाँ वर्ष २०७५ को अवसरमा रुपन्देहीको बुटवल र नवलपरासीको बर्दघाटमा ‘नयाँवर्ष विशेष सांगीतिक कार्यक्रम–२०७५’ हुने भएको छ । इन्भिन्सिवल इभेन्ट एण्ड म्यानेजमेन्ट प्रालिले यही वैशाख १ गते बर्दघाट—१ माकर मोतीबस्ती (नवलपरासी) मा ‘नयाँ वर्ष विशेष सांगीतिक कार्यक्रम–२०७५’ कार्यक्रमको आयोजना गर्ने भएको छ । कार्यक्रममा थाइल्याण्डकी डिजे सि क्वइन, चितवनको द रेड्स ब्याण्ड, टि सेभेन डान्स ग्रुप, सुनवल, काठमाडौँबाट डब स्टर माइकल डान्सर, बुटवलका डिजे अतितको प्रस्तुति रहने म्यानेजमेन्ट प्रालिका प्रमुख सागर थापाले जानकारी दिए । थप पढ्नुहोस्

भूकम्पपीडितलाई दिने दोस्रो किस्ताको समय ३ महिना थप, २०७५ असार मसान्तभित्र लिनुपर्ने निर्णय

२१ चैत, काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितको निजी आवास निर्माणका लागि दोस्रो किस्ता आगामी असार मसान्तसम्म दिने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको प्राधिकरण निर्देशक समितिको बैठकले सो निर्णय गरेको हो । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले यही चैत मसान्तसम्म दिइने निर्णय भए पनि भूकम्पपीडितको घर बनिनसकेको हुनाले २०७५ असार मसान्तसम्म आवास निर्माणका लागि दोस्रो किस्ता दिने निर्णय गरिएको जानकारी दिए । थप पढ्नुहोस्

२०७५ मा ८९ दिन सार्वजनिक बिदा

१५ चैत, काठमाडौं । सरकारले विसं २०७५ का लागि सार्वजनिक बिदा स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को हिजो साँझ बालुवाटारमा बसेको बैठकले सरकारले अघि सारेको समृद्धिको लक्ष्य पूरा गर्न सार्वजनिक बिदा कटौती गर्ने र कार्यदिन बढाउने उद्देश्यले वर्षभरीमा जम्मा बिदा ८९ दिन कायम गर्ने निर्णय गरेको छ । यसअघि वर्षभरीमा १०४ दिन बिदा हुँदै आएको थियो । सम्बन्धित धर्म, सम्प्रदाय र क्षेत्रका लागि प्रस्ताव गरिएका बिदाको दिन २२ र सबैलाई हुने सार्वजनिक बिदाको दिन भने ६७ कायम गरिएको छ । राज्यमन्त्री बाँस्कोटाका अनुसार गत साल पूरै बिदा भएका तर यस पटक आंशिक बिदा दिइएको दिन १० छ । थप पढ्नुहोस्