स्थानीय निर्वाचन : प्रदेश नं २ मा २१ भदौमा उम्मेदवारी दर्ता

६ साउन, काठमाडौं । निर्वाचन आयोगले २ असोजमा हुने तेस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि २१ भदौमा उम्मेदवारी दर्ता गराउने गरी कार्यतालिका सार्वजनिक गरेको छ । आयोगको बिहीबार बसेको बैठकले कार्यतालिकाअनुसार आयोगले २४ भदौमा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्नेछ । आयोगले निर्वाचन कार्यक्रमअनुसारका मुख्य निर्वाचन अधिकृतको नियुक्ति छिटै गर्ने भएको छ । तेस्रो चरणमा प्रदेश नम्बर २ का आठ जिल्लाका एक सय २७ स्थानीय तहमा निर्वाचन हुनेछ । त्यसका लागि आयोगले सम्पूर्ण सामग्री जिल्लामा पुगिसकेको जनाएको छ । थप पढ्नुहोस्