शेयर बजार २४ अंकले घट्यो

१८ चैत, काठमाडौं । धितोपत्र बजारमा आज शेयरको मूल्य दोहोरो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्चेञ्जका अनुसार नेप्से परिसूचक २४.०५ अंकले ओरालो लागेर एक हजार ११९६.२४ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका शेयरको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ५.१९ बिन्दुले ओरालो लागेर २५५.६९ बिन्दुमा पुगेको छ । आज कूल १५७ कम्पनीको १२ लाख ८३ हजार १३ कित्ता शेयर रु ३१ करोड २३ लाख ९४ हजार ३७९ मूल्यमा कारोबार भएको स्टकले जानकारी दिएको छ । आज सबै उपसूचकको मूल्य ओरालो लागेको छ । थप पढ्नुहोस्