लक्ष्मी भ्यालु फण्डले २५ प्रतिशत लाभांश दिने

११ साउन, काठमाडौं । लक्ष्मी भ्यालु फण्ड १ ले इकाई भनी लगानीकर्तालाई २५ प्रतिशत नगद लाभांश दिने भएको छ । लक्ष्मी क्यापिटलले सञ्चालनमा ल्याएको यो कम्पनीको पहिलो सामूहिक लगानी कोष योजना हो । कम्पनीको १० गते बसेको सञ्चालक समितिले यस्तो निर्णय गरेको हो । कम्पनीले सार्वजनिक गरेको असारसम्मको वित्तीय विवरण अनुसार लक्ष्मी भ्यालु फण्डको प्रति इकाइ खुद मूल्य १३ रुपैयाँ ९८ पैसा रहेको छ । यो योजनाको नाफा १४ करोड ७९ लाख रुपैयाँ रहेको छ । योजनाको रकम ४० सूचीकृत संस्थामा लगानी भएको छ जसको बजार मूल्य ३२ करोड ९४ लाख रहेको छ । थप पढ्नुहोस्