रजनीकान्तको चलचित्रको गीत छायांकनमा झण्डै १० करोड खर्च

६ साउन, काठमाडौं । अक्षय कुमार र रजनीकान्त अभिनित चलचित्र २.० एक पटक पुनः चर्चामा छ । यो पटक यसको कारण चलचित्रको गीत भएको छ । फिल्मीबिटका अनुसार यो चलचित्रमा बलिउडको सबैभन्दा ठूलो गीत छायांकन भइरहेको छ । गीतमा रजनीकान्त र एमी ज्याक्सनको रोमान्स देखिनेछ । एमी ज्याक्सनले यो गीतका बारेमा बताउँदै चलचित्रको गीत छायांकन गर्न १२ दिन लाग्ने बताइन । गीतको लागि छुट्टै ठूलो सेट तयार गरिएको छ । सुट सुरु हुनुभन्दा अघि १० दिन रिहर्सल पनि गरिनेछ । यस अघि ‘धूम–३’ को गीत ‘मलंग’ छायांकनका लागि १० दिन लागेको थियो । र, गीतका लागि ५ करोडको बजेट खर्च गरिएको थियो । थप पढ्नुहोस्