भूकम्पपीडितलाई दिने दोस्रो किस्ताको समय ३ महिना थप, २०७५ असार मसान्तभित्र लिनुपर्ने निर्णय

२१ चैत, काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितको निजी आवास निर्माणका लागि दोस्रो किस्ता आगामी असार मसान्तसम्म दिने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको प्राधिकरण निर्देशक समितिको बैठकले सो निर्णय गरेको हो । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले यही चैत मसान्तसम्म दिइने निर्णय भए पनि भूकम्पपीडितको घर बनिनसकेको हुनाले २०७५ असार मसान्तसम्म आवास निर्माणका लागि दोस्रो किस्ता दिने निर्णय गरिएको जानकारी दिए । थप पढ्नुहोस्