प्रमको जन्मोत्सवमा नेपाली क्रिकेटरलाई जनही ३ लाख

१२ फागुन, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ६७औँ जन्मदिन हिजो साँझ प्रधानमन्त्री निवास बालुवाटारमा मनाइएको छ । पार्टीका नेता, मन्त्रीगण, राजदूतका साथै परिवारका सदस्य, कार्यकर्ता र शुभेच्छुकको उपस्थितिमा केक काटेर प्रधानमन्त्री ओलीको जन्मदिन मनाइएको थियो । विसं २००८ फागुन ११ मा तेह्रथुममा जन्मिएका ओलीलाई नयाँ सरकारको सफलताका साथ दीर्घायुको कामना गर्दै सांगीतिक प्रस्तुति दिइएको थियो । थप पढ्नुहोस्