३ हजार नागरिकको स्वास्थ्य बीमा

१५ चैत, काठमाडौं । सरकारले सञ्चालन गरेको पहिलो चरणको स्वास्थ्य बीमा अभियानमा जिल्लाका तीन हजार १४२ नागरिकले आफ्नो नाम दर्ता गराएका छन् । उपचार खर्च अभावमा अकालमा ज्यान गुमाउन बाध्य नागरिकको जीवनरक्षाका लागि सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रमबापतको सेवा सुविधा प्राप्तिका लागि उनीहरुले बीमा गरेका हुन् । नेपाल सरकार सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति टेकुले जिल्ला जनस्वास्थ्य कार्यालयमार्फत थालेको उक्त अभियानका क्रममा सर्वसाधारणले स्वास्थ्य बीमाका लागि नाम दर्ता गरेर परिचयपत्र लिएको जिल्ला अस्पतालका प्रमुख डा रामबहादुर केसीले जानकारी दिए । थप पढ्नुहोस्